दीगो शान्तिका लागि क्रिश्मश र अंग्रेजी नयाँ बर्षको शुभकामना कार्यक्रम आयोजना

बाँके, १२ पुस ।


जनजागरण समाज खजुराले क्रिश्मश र अंग्रजी नयाँ बर्ष २०२१ को शुभकामना आदान प्रदान गरेको छ । समाजमा दीगो शान्ति तथा सद्भाव कायम गर्न समाजले संचालन गरेको ‘दीगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम’ अन्तरगत जनजागरण समाजले खजुरामा क्रिश्मश र अंग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान गरेको हो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख किश्मतकुमार कक्षपतिले एकले अर्काको धर्मको सम्मान गरेकै कारण समाजमा शान्ति र सद्भाव कायम भएको बताए । उनले धार्मिक सद्भाव विना शान्ति सम्भव नभएको बताउँदै धार्मिकसँगै मानविय धर्म पनि निर्वाह गर्नुपर्ने बताए ।
खजुरा गाउँपालिकाका उप–प्रमुख एकमाया विकले नेपाली समाज अनेकतामा एकता भएको बताउँदै धार्मिक तथा संस्कृति सम्मानले समाज बलियो हुने धारणा राखिन् । उनले एकले अर्काे धर्मको सम्मान गर्दा सामाजिक एकता झनै बलियो हुने बताइन् । क्रिश्यिन धर्मगुरु नन्द कुमालको अध्यक्षतामा भएको कार्यक्रममा जनजागरण समाजका पूर्व अध्यक्ष होमराज कुर्मी, समाजका कार्यकारी ब्यवस्थापक रामबहादुर पुन, विभिन्न धर्मका धर्मगुरु, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

Previous articleदुई तिहाईको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले गैर कम्युनिष्टलाई फाइदा पुर्याएः नेकपा नेता भट्टराई
Next articleगौघाटमा अन्तर क्लब भलिबल हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here