१८ पुसमा नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभा

बाँके, २५ मंसिर ।


नेपाल पत्रकार महासंघ, बाँकेको साधारण सभा १८ पुस, २०७७ मा हुने भएको छ । शाखा अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको नियमित बैठकले १८ पुसमा साधारण सभा गर्ने निर्णय गरेको सचिव तिलक गाउँलेले जानकारी दिए ।
साधारण सभा भब्यताका साथ सम्पन्न गर्न अध्यक्ष थारुको संयोजकत्वमा सम्पूर्ण कार्यसमिति सदस्य रहने गरि साधारण सभा तयारी समिति गठन गर्ने निर्णय भएको छ । बैठकले बाँके शाखामा स्थापना भएका पुरस्कार वितरण गर्न महासंघ, बाँकेका पूर्व अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरस्कार छनोट समिति गठन गरेको सचिव गाउँलेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बाँके शाखामा आबद्ध भएर सदस्यता नबिकरण गराउन बाँकी रहेका सदस्यका लागि ५ पुससम्म सदस्यता नबिकरण गराउने समय तोकेको विज्ञप्तीमा उल्लेख छ ।

Previous articleवीरेन्द्र माविमा पुस्तकालय र सूचना प्रविधि प्रयोगशाला संचालन (फोटो फिचर)
Next articleउप्रेतीलाई भजन मानव अधिकार पुरस्कार, खत्री र सुनारलाई मानव अधिकार सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here