उप्रेतीलाई भजन मानव अधिकार पुरस्कार, खत्री र सुनारलाई मानव अधिकार सम्मान

बाँके, २५ मंसिर ।

भजन मानव अधिकार पुरस्कार २०७७ बाट द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँके अध्यक्ष चन्द्रकला उप्रेतीलाई प्रदान गरिएको छ । १२ औँ मानव अधिकार महाभेला तथा भजन मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उप्रेतीलाई पुरस्कार प्रदान गरिएको हो । उनलाई उच्च अदालत तुलसीपुर, इजलाश नेपालगन्जका न्यायाधीश केशवराज जोशी र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पुरस्कार प्रदान गरेका हुन् ।


द्वन्द्व पीडित र मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका सदस्य अधिवक्ता बसन्त गौतमले बताए । इन्सेक नेपालगन्जमा कार्यरत भजनराम चौधरीको १६ जेष्ठ, ०६९ को विहान सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । मानव अधिकार सञ्जाल, नेपालगन्जले उनको नाममा ट्रष्ट स्थापना गरि प्रत्येक दुई बर्षमा मानव अधिकारको क्षेत्रमा क्रियाशील मानव अधिकारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।


यसैगरि, मानव अधिकार सञ्जाल, नेपालगन्जले विगत लामो समयदेखि द्वन्द्वपीडित तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील जयन्ती खत्री र निर्मला सुनारलाई सम्मान गरेको छ । दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको सिफारिस समितिका सदस्य मैमुना सिद्दिकीले बताइन् ।
सो अवसरमा न्यायाधीश जोशीले मानव अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि सबै जना एकजुट हुनु पर्नेमा जोड दिए ।

Previous article१८ पुसमा नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभा
Next articleदाङ ओ थारु रज्वा ‘दंगीशरण’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here