वीरेन्द्र माविमा पुस्तकालय र सूचना प्रविधि प्रयोगशाला संचालन (फोटो फिचर)

दाङ, २४ मंसिर ।


दंगीशरण गाउँपालिकास्थित वीरेन्द्र माध्यमिक विद्यालय, हेकुलीमा बुधवार पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला संचालनमा आएको छ । गाउँपालिका अध्यक्ष भागीराम चौधरी र उपाध्यक्ष पिमाकुमारी ओली खड्काले संयुक्त रुपमा उद्घाटन गरेपछि पुस्तकालय र प्रयोगशाला संचालनमा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षले अपाङ्ग, असहाय बालबालिकालाई पोशाक तथा स्टेसनरी सामग्री वितरण गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले पुस्तकमा ज्ञानको भण्डार हुने भएकोले अध्ययन गरेर ज्ञान लिन शिक्षक र विद्यार्थीसँग आग्रह गरे । सूचना प्रविधिले विश्वलाई एउटा सानो घेरामा राखेको बताउँदै उनले सूचना प्रविधिको ज्ञानले विद्यार्थीलाई विश्वसँग प्रतिष्पर्धा गर्ने अवसर दिने धारणा राखे ।


उपाध्यक्ष ओलीले पुस्तकालय र सूचना प्रविधि प्रयोगशालाको प्रयोग गरि धेरैभन्दा धेरै ज्ञान लिन सुझाव दिइन् । उनले पुस्तक र कम्प्यूटर एउटा साधन मात्र भएको बताउँदै उनले साधनको उचित प्रयोग भएमात्र सहि सदुपयोग भएको मानिने बताइन् ।
सो अवसरमा वीरेन्द्र मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार चौधरी र विद्यालयका प्रधानाध्यापकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख लगायतलाई पुस्तकालय, सूचना प्रविधि प्रयोगशालाको अवलोकन गराएका थिए ।

Previous articleआफ्नै भवनबाट सेवा सुरु गरेपछि काममा सहजता
Next article१८ पुसमा नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here