आफ्नै भवनबाट सेवा सुरु गरेपछि काममा सहजता

बाँके, २४ मंसिर ।


आफ्नै कार्यालय भवनबाट काम संचालन भएपछि सजिलो भएको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष जनकबहादुर थारुले बताए । गाउँपालिकाको वडा नम्बर ३ र ६ कार्यालय यसअघि भाडामा संचालन हुँदै आएका थिए । आफ्नै नवनिर्मित भवनबाट काम संचालन भएपछि जनताको काम गर्न सहज भएको उनको भनाई छ । उक्त भवन ४४ लाख रुपैँया लागतमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष थारुले बताए ।
गाउँपालिका अध्यक्ष लाहुराम थारूले मंगलबार एक कार्यक्रमका बीच भवन उद्घाटन गरेपछि वडा कार्यालयको कामकाज आफ्नै भवनबाट सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिका अन्तर्गतका सबै वडाले अब आफ्नै कार्यालय भवनबाट सेवा संचालन भएको बताए ।
गाउँपालिकाको विकासका लागि सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेकाले आफ्नै निर्माण उपकरण (ग्रेडर, रोलर) खरिद गरेका कारण सहज भएको उनको भनाई थियो ।
राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले वडा कार्यालय जनताको कामसँग प्रत्यक्ष जोडिएको बताउँदै हरेक कामको सिफारिस गर्दा जनप्रतिनिधीले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

Previous articleसाइकलको सहर ‘नेपालगन्ज’
Next articleवीरेन्द्र माविमा पुस्तकालय र सूचना प्रविधि प्रयोगशाला संचालन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here