विरामीलाई निशुल्क सेवा दिन हिरिमिनियामा प्रयोगशाला स्थापना

बाँके, १८ मंसिर ।


डुडुवा गाउँपालिका–६ हिरिमिनिया स्वास्थ्य चौकीमा निशुल्क प्रयोगशाला संचालनमा आएको छ । स्वास्थ्य परीक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट कोही पनि बञ्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकाले निशुल्क ल्याब संचालनमा ल्याइएको गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार पालिकाले हरेक वडामा निशुल्क ल्याब संचालन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको र अहिलेसम्म तीन स्थानमा स्थापना भइसकेको छ । अब बाँकी स्थानमा पनि निकट भविष्यमा ल्याव संचालनमा ल्याउने तयारी गाउँपालिकाले गरेको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धि सम्पूर्ण सेवाहरु निशुल्क रुपमा उपलब्ध गराउँदै आएको उनको भनाई थियो ।
उनले सामान्य विरामीदेखि मधुमेश, प्रेसर जस्ता कडा रोगका विरामीलाई सम्पूर्ण औषधी उपचार निशुल्क रुपमा गर्दै आएको भन्दै आगामी दिनमा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य रहेको बताए ।
विहीबार एक कार्यक्रमका विच अध्यक्ष चौधरीले उक्त प्रयोगशालाको उद्घाटन गरे । वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
ल्याबबाट वडा नं. ६ का करिब ६ हजार नागरिकले सेवा पाउने भएका छन् । ल्याबमा दिसा, पिसाब, रगत, खकार, मधुमेह, टाइफाइड, जेन्डिस, लिभर लगायतको परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । निशुल्क ल्याब संचालनमा आएपछि घरमै विरामीहरुलाई सेवा लिन र सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता समेत हटेको उनले बताए ।

Previous articleमार्शल आर्टको लिडरसिप एण्ड रेफ्री सेमिनार मंसिर २०–२२ सम्म नेपालगन्जमा हुने
Next articleएकले अर्को गुटलाई शक्ति देखाउन भ्रातृ संगठन प्रयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here