मार्शल आर्टको लिडरसिप एण्ड रेफ्री सेमिनार मंसिर २०–२२ सम्म नेपालगन्जमा हुने

बाँके, १८ मंसिर ।


नेपाल मार्शल आर्ट हाप्किदो संघ, बाँकेले नेपालगन्ज रंगशालामा चौथो राष्ट्रिय हाप्किदो इन्स्ट्रक्चर, सेल्फ डिफेन्स, एजुकेशनल लिडरसिप एण्ड रेफ्री सेमिनार गर्ने भएको छ । संघले विहीवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि यहि मंसिर २०–२२ सम्म नेपालगन्ज रंगशालामा सेमिनार गर्न लागेको जनाएको हो ।
सेमिनारमा ४५ जिल्लाका दुई खेलाडीले सहभागिता जनाउन लागेको संघ, बाँके अध्यक्ष बुद्धिराज बर्तौलाले बताए । उनले सेमिनारमा खेल मोटिभेसन कार्यक्रम पनि भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी संघका अध्यक्ष तथा साफ गोल्ड मेडलिष्ट दीपक श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, साफ गोल्ड मेडलिष्ट प्रकाश थापा मगर र हाप्किडो केन्द्रिय सल्लाहकार लगायत खेल विज्ञको सहभागिता रहने उनले बताए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम तय भएको उक्त सेमिनारमा मास्टर कालिबहादुर घर्तीमगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, भुवन बुढामगर, सहायक प्रशिक्षक कृष्ण महर्जन र प्रविण गुरुङले सहजीकरण गर्ने उपाध्यक्ष अतुलकुमार गुप्ताले बताए । सेमिनारको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उनले खेलाडी आउने क्रम सुरु भइसकेको जानकारी दिए ।

Previous articleराखेप सदस्य चौधरीलाई नेपालगन्ज रंगशालामा स्वागत
Next articleविरामीलाई निशुल्क सेवा दिन हिरिमिनियामा प्रयोगशाला स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here