एड्सबाट बाँकेमा १५४ को मृत्यु

बाँके, १७ मंसिर ।


एड्सका कारण बाँकेमा एक सय ५४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । कुल एक हजार दुई सय १७ एचआइभी संक्रमित मध्ये एक सय ५४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जानकारी दिए ।
भेरी अस्पतालमा एण्टीरेक्ट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) सेवन गर्नेको संख्या चार सय ८३ जना रहेको एड्स हेल्थ केयर फाउण्डेशन, नेपालगन्जका कोर्डिनेटर संजयकुमार पौडेलले बताए । उनले बाँकेमा २० बालक र ८ बालिका गरि २८ जना एचआइभी संक्रमित बालबालिका रहेको बताए । ति सवै बालबालिकाले पनि भेरी अस्पतालबाट नियमित रुपमा एआरटी सेवन गर्दै आएको उनले बताए ।
एक बर्षमा १६ संक्रमित महिलाले जन्माए स्वस्थ बच्चा
एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागु भएपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । बाँकेमा ०७६ साउनदेखि ०७७ असारसम्म १६ जना एचआइभी संक्रमित महिलाले बच्चा जन्माएकोमा एक जना बच्चामा मात्र एचआइभी संक्रमण देखिएको छ ।
गर्भवती महिलाले अन्तिम समयमा मात्र पिएमटिसिटी सेवा लिएका कारण बच्चालाई एचआइभीबाट जोगाउन नसकिएको भेरी अस्पतालका फिजिसियन तथा एचआइभी÷एड्स फोकल पर्सन डा. संकेत रिसालले बताए । गर्भ रहने वित्तिकै अस्पतालको सम्पर्कमा आएका महिलाले स्वस्थ बच्चा जन्माउने गरेको उनको भनाई छ ।
गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गरिन्छ । पोजेटिभ पाइएका आमाको शुरुदेखि अन्तिम चरणसम्म निगरानी गर्दै आएको डा. रिसालले बताए । łगर्भवती भएका महिलामा एचआइभी संक्रमण भएको पाएपछि निगरानी शुरु गर्छौं, त्यही अनुसारको उपचार व्यवस्था मिलाउँछौं,’ डा. रिसालले भने, łसंक्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरि उपचार गर्छौं ।’
संक्रमित गर्भवती महिलालाई एआरटी औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सर्नबाट बचाउँछ । चिकित्सकका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । łशिशुको स्वास्थ अवस्था जाँच्न डिएनए पिसीआर गरिन्छ । संक्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ,’ उनले भने ।

Previous article‘म हिंसा गर्दिन’ भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर
Next articleसुनसान बनियागाउँ, चुल्हो बल्दैन, गाउँले वीच बोलचाल बन्द (स्थलगत रिपोर्ट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here