‘म हिंसा गर्दिन’ भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर

बाँके, १६ मंसिर ।


म हिंसा गर्दिन, म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु, आवाज उठाउँछु’ भन्दै खजुराका धर्म गुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जनजागरण समाजले खजुरामा आयोजना गरेको धर्म गुरु, जनप्रतिनिधि र सरोकारवाला निकाय वीचको अन्तरक्रिया कार्यक्रममा समाजमा हुने हिंसा न्यूनिकरणमा धर्म गुरुको भूमिका महत्वपूर्ण हुने धारणा जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिले बताए ।
अन्तर धार्मिक शान्ति महासंघको सहयोगमा भएको कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले हरेक ब्यक्ति कुनै न कुनै धर्मसँग जोडिने भएकोले समाजमा हुने विभिन्न खाले हिंसा न्यूनिकरणमा धर्म गुरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले धर्म गुरुले भनेको अनुयायीले मान्ने गरेकोले बालविवाह, घरेलु हिंसा, लैंगिक हिंसा न्यूनिकरणमा समेत आवाज उठाउन धार्मिक गुरुसँग आग्रह गरे ।


जनजागरण समाजका मुख्य ब्यवस्थापक रामबहादुर पुनले हाम्रो समुदायमा विभिन्न खाले हिंसा हुने गरेको बताउँदै अवैले आ–आफ्नो क्षेत्रबाट प्रयास गरे हट्दै जाने विचार राखे । उनले धर्म, समुदाय, सम्प्रदाय, लिंग, बर्ण, होचो, अग्लो लगायत कुनै आधारमा हिंसा गर्न नहुने बताए । उनले जुनसुकै बहानामा पनि हिंसा गर्न नहुने बताउँदै हिंसा गरे कानुन बमोजिम कारवाही हुने जिकिर गरे ।
कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख कक्षपति, वडा अध्यक्ष, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले हिंसा गर्दिन’ भन्ने प्रतिवद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए ।

Previous articleएचआइभी संक्रमित बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण (फोटो फिचर सहित)
Next articleएड्सबाट बाँकेमा १५४ को मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here