राप्तीसोनारीमा पहिलो पटक अस्पताल संचालन

बाँके, १४ मंसिर ।


स्थानीय तहले अस्पताल संचालन गर्ने राप्तीसोनारी गाउँपालिका बाँकेमा पहिलो भएको छ । राप्तीसोनारी गाउँपालिका–४, बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई łराप्तीसोनारी अस्पताल’ का रुपमा स्तरोन्नती गरिएको छ । योसँगै गाउँपालिकामा पहिलो पटक १५ शैयाको अस्पताल सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीतिअनुसार, गाउँपालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि आइतबारबाट अस्पतालका रुपमा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष थारुले बताए । उक्त अस्पतालमा नर्मल सर्जरीदेखि प्रसुती सेवा समेत प्रदान गरिने अस्पतालका प्रमुख डा. गोविन्दप्रसाद थारुले बताए । यसअघि १२ कोठे भवनमा स्वास्थ्य चौकी संचालनमा थियो ।
अस्पतालले गाउँपालिकाका खासकुसुम, बैजापुर र विनौना क्षेत्रका बासिन्दा लाभावन्तित हुने भएका छन् । उक्त अस्पतालको गाउँपालिका अध्यक्ष थारुले एक कार्यक्रमका वीच उद्घाटन गरे । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं. ४ का वडा अध्यक्ष कान्छा थारुको सभापतित्वमा भएको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख जीवन न्यौपानेले स्वागत गरेका थिए ।

Previous articleएक किलो १३० ग्राम चरेशसहित दुई जना पक्राउ
Next articleनक्कली नोटसहित एक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here