नक्कली नोटसहित एक पक्राउ

कञ्चनपुर, १४ मंसिर ।


नक्कली नोट सहित एक जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई महेन्द्रनगरबाट पक्राउ गरेको हो ।
नाथलाई हजार दरका ३ वटा नक्कली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नाथले भिमदत्त नगरपालिका–४ स्थित एक पसलबाट सामान किनी पैँसा दिने क्रममा नक्कली नोट दिएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

Previous articleराप्तीसोनारीमा पहिलो पटक अस्पताल संचालन
Next articleखजुरामा १५ शैयाको अस्पताल शिलान्यास, नरैनापुरमा पाँच शैयाको अस्पताल संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here