एक किलो १३० ग्राम चरेशसहित दुई जना पक्राउ

बाँके, ९ मंसिर ।


इलाका प्रहरी कार्यालय, भगवानपुरले एक किलो १३० ग्राम चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नरैनपुर गाउँपालिका–१, सुईया नाका हुँदै भारत लैजान लागेको एक किलो १३० ग्राम चरेशसहित भारत जिल्ला श्रावस्ती बैजिह्वा गाउँका २८ बर्षिय धर्वेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले जनाएको छ ।
नेपालबाट भारततर्फ लागुऔषध लैजाँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनले शटको खल्तीभित्र किसान लेखेको सलाईको बट्टाभित्र लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला पारि मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ बर्षिय रामकिसुन पासवानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

Previous articleबाढीपीडित तथा अति विपन्न परिवारको घर निर्माण सुरु
Next articleराप्तीसोनारीमा पहिलो पटक अस्पताल संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here