होम आइसोलेशनमा एक सय २७ जना

बाँके, ७ मंसिर ।


बाँकेमा एक सय २७ जना कोरोना संक्रमित होम आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको श्रेष्ठले बताए । उनले नेपालगन्जका ६२, कोहलपुरका ३५, खजुराका आठ, बैजनाथका सात, जानकीका पाँच र राप्तीसोनारीका १० जना कोरोना संक्रमित होम आइसोलेशनमा रहेको जानकारी दिए ।
बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाको होम आइसोलेशनमा कोही नभएको उनको भनाई छ । łबाँकेमा पुरुष ७७ र महिला ५० जना कोरोना संक्रमित होम आइसोलेशनमा छन्,’ फोकल पर्सन श्रेष्ठले भने ।
त्यसैगरि, स्वास्थ्यमा समस्या देखिएका ६९ भेरी अस्पतालमा र ३५ जना नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको आइसोलेशनमा ३५ जना उपचाररत रहेको श्रेष्ठले बताए ।

Previous articleनदीजन्य पदार्थ उत्खनन् र विक्रि वितरणमा रोक
Next articleस्वास्थ्य राज्यमन्त्री रावतले गरे भेरी अस्पतालको निरीक्षण (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here