नदीजन्य पदार्थ उत्खनन् र विक्रि वितरणमा रोक

बाँके, ७ मंसिर ।


जिल्ला प्रशासन कार्यालय, बाँकेले खोला तथा नदीजन्य पदार्थ उत्खनन् एवम् विक्रि वितरणमा रोक लगाएको छ । गृहमन्त्रालयको निर्देशनमा बाँके प्रशासनले ७ मंसिरदेखि लागू हुने गरि खोला तथा नदीजन्य पदार्थ उत्खनन्, भण्डारण तथा विक्रि वितरण नगर्न नगराउन उर्दी जारी गरेको छ ।
łगृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्र अनुसार जिल्लामा गठित जिल्ला अनुगमन समितिले क्रस उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन एवम् मौज्दात नाप जाँच कार्य गरिरहेकोले ७ मंसिरदेखि लागू हुने गरि जिल्लाको कुनै पनि नदी वा खानीबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन्, संकलन कार्य तथा घाटगद्दी एवम् उद्योगमा रहेको मौज्दात ढुंगा, गिट्टी, बालुवाको विक्रि वितरणमा समेत रोक लगाइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा उल्लेख छ ।

Previous articleदाङका दुई कोरोना संक्रमितको कोहलपुरमा मृत्यु
Next articleहोम आइसोलेशनमा एक सय २७ जना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here