दाङका दुई कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

बाँके, ७ मंसिर ।


कोरोना संक्रमणबाट एकैरात दाङका थप दुई जनाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । योसँगै दाङबाट उपचारका लागि आएका मध्ये मृत्यु हुनेको संख्या २० पुगेको छ । यसअघि तीन महिला र १५ पुरुष गरि १८ जनाको मृत्यु भएको थियो ।
शनिवार मध्यरातमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ बर्षिय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । घोराहीका ६७ बर्षिय पुरुषमा उच्च रक्तचाप र तुलसीपुरका ६८ बर्षिय पुरुष मधुमेह रोगबाट ग्रसित भएको उनले बताए । दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

Previous articleगुट–उपगुटले पार्टीलाई कहिलै फाइदा गर्दैनः उपाध्यक्ष बामदेव गौतम
Next articleनदीजन्य पदार्थ उत्खनन् र विक्रि वितरणमा रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here