एपीएफ क्लवलाई नेपालगन्ज म्याराथनको उपाधी

बाँके, ६ मंसिर ।


छैठौँ संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लवले हात पारेको छ । नेपालगन्जमा भएको प्रतियोगिता अन्तरगत फुल म्याराथनमा एपिएफका गोपीचन्द्र पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटर दूरी पार गरि उपाधी हात पारे ।
सोही प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका कृष्णबहादुर बस्नेतले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा दूरी पार गरि दोस्रो हुँदा त्रिभुवन आर्मी क्लवकै खगेन्द्र भट्टले २ मिनेट २७ सकेण्डमा दूरी पार गरि तेस्रो भए ।
आर्मीका नवराज साउदले २ घण्टा २१ मिनेटमा र आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ४६ मिनेटमा निर्धारित दूरी पार गरि चौथो र पाँचौ स्थान सुरक्षित बनाएको आयोजक क्रियटिभ ह्याण्डसका टीम लिडर टीएस ठकुरीले जानकारी दिए ।


हाफ महिला म्याराथनमा पनि एपीएफकी पुष्पा भण्डारीले उपाधी हात पारिन् । उनले एक घण्टा २६ मिनेट ५४ सेकेण्डमा निर्धारित २१ किलोमिटर दूरी पार गरिन् । भने, कर्णाली प्रदेशकी मञ्जु रावतले एक घण्टा ३० मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दा लुम्बिनी प्रदेशकी शर्मीला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पार गरिन् ।
हाफ म्याराथनमा सुदूरपश्चिम प्रदेशकी सकुन्तला ठगुन्ना चौथो, लुम्बिनी प्रदेशकी अनिसा चौधरी पाँचौ र लुम्बिनी प्रदेशकै कल्पना चौधरी छैटौँ आयोजकले जनाएको छ ।

Previous articleबाँकेका विभिन्न आइसोलेशनमा ८१ जनाको मृत्यु, ४२ को अवस्था चिन्ताजनक
Next articleकोरोना संक्रमणबाट बाँकेका ३८ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here