बाँकेका विभिन्न आइसोलेशनमा ८१ जनाको मृत्यु, ४२ को अवस्था चिन्ताजनक

दाङ, ६ मंसिर ।


बाँकेका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये ४४ जना बाहिरी जिल्लाका र ३७ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार, मृत्यु हुनेमा सवैभन्दा धेरै छन् । नेपालगन्ज उपमहानगरपालिकाका ९ महिला र १५ पुरुष गरि २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरि, कोहलपुरका ७, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका अहिलेसम्म अछुतो छ ।
बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सवैभन्दा धेरै दाङबाट उपचारका लागि आएकाको मृत्यू भएको श्रेष्ठले बताए । उनले दाङका तीन महिला र १५ पुरुष गरि १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका ३, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक–एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेशनमा मृत्यु भएको जानकारी दिए ।
बाहिरी जिल्लाबाट उपचार गराउन आएकाको अधिकांश शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनले बाहिरी जिल्लाका भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेष्टर्न अस्पतालमा एकको मृत्यु भएको पनि बताए ।
बाँकेमा एक जनाको क्वारेन्टाइनमा र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ । भने, भेरी अस्पताल आइसोलेशनमा उपचाररत १९ र शिक्षण अस्पताल आइसोलेशनमा उपचाररत बाँकेका १६ जनाको मृत्यु भएको छ ।


आइसोलेशनमा रहेका ४२ जनाको अवस्था चिन्ताजनक
बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेशनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक छ । भेरी अस्पतालको आइसोलेशनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए ।
शिक्षण अस्पताल कोहलपुर आइसोलेशनमा २७ पुरुष र १२ महिला ३९ जना भर्ना छन् । ति मध्ये १० जनाको अवस्था गम्भिर र २४ को अवस्था मध्यम रहेको उनले बताए । कोरोना संक्रमण स्वास प्रस्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेशनमा राख्ने गरिएको छ ।

Previous articleनेपालगन्ज म्याराथनको छैठौँ संस्करण आजः कसरी सुरु भएको थियो नेपालगन्ज म्याराथन ?
Next articleएपीएफ क्लवलाई नेपालगन्ज म्याराथनको उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here