गुट–उपगुटले पार्टीलाई कहिलै फाइदा गर्दैनः उपाध्यक्ष बामदेव गौतम

दाङ, ६ मंसिर ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू सँधै गुट–उपगुटको विरुद्धमा रहेको स्पष्ट पारेका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिवार तुलसीपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले गुट–उपगुटले पार्टीलाई कहिलै फाइदा नपुग्ने भएकोले आफू यसको विरुद्धमा उभिएको स्पष्ट पारेका हुन् ।
पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको उनको भनाई थियो । łम कुनै गुटमा छैन, र सधैँ गुटको विपक्षमा म उभिन्छु,’ उनले भने, łमैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन र फुट्न हुन्न ।’
पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगर्दा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।
उनले पार्टीभित्र फरक विचार राख्दा पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने धारणा राखे । łमुलुक समृद्धिको मार्गमा अघि बढेको छ । सरकारले चुनावी घोषणा पत्रअनुसार काम गरे पार्टी र जनतालाई फाइदा पुग्नेछ,’ उपाध्यक्ष गौतमले भने ।

Previous articleकोरोना संक्रमणबाट बाँकेका ३८ जनाको मृत्यु
Next articleदाङका दुई कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here