कोरोना संक्रमणबाट बाँकेका ३८ जनाको मृत्यु

बाँके, ६ मंसिर ।


कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । कोहलपुर नगरपालिका–११ की ६८ बर्षिया कोरोना संक्रमित महिलाको उपचारका क्रममा शनिवार मृत्यु भएपछि मृतकको संख्या ३८ पुगेको हो ।
स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई २८ कात्तिकमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना गरिएको थियो । कोरोना आशंकामा उनको सोही दिन परीक्षणका लागि स्वाब भएको र २९ कात्तिकमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि १ मंसिरमा भेरी अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा उनको प्लाज्मा थेरापी, रेम्डेसिभिर लगायत औषधी दिइए पनि उनको शनिबार दिउँसो ३ बजे मृत्यु भएको श्रेष्ठले पुष्टि गरेका छन् । योसँगै कोरोनाका कारण कोहलपुरमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

Previous articleएपीएफ क्लवलाई नेपालगन्ज म्याराथनको उपाधी
Next articleगुट–उपगुटले पार्टीलाई कहिलै फाइदा गर्दैनः उपाध्यक्ष बामदेव गौतम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here