सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक तीन जनाको अपरेशन

बाँके, ५ मंसिर ।


खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक क्यान्सर रोग आशंका गरिएका तीन जनाको अपरेशन भएको छ । जनताको प्रत्यक्ष सहभागितामा स्थापना भएको क्यान्सर अस्पतालमा शुक्रवार क्यासन्सर आशंका गरिएका तीन जना विरामीको ट्यूमरको अपरेशन गरि जाँचका लागि बाहिर पठाएको अस्पतालका डाइरेक्टर डा. कृष्णप्रसाद आचार्यले बताए । जाँचका लागि पठाएको ट्यूमरको रिपोर्ट दुई हप्तापछि आउने उनले जानकारी दिए ।
क्यान्सर अस्पतालमा दुईबर्षदेखि क्यान्सरका विरामीको किमो थेरापी विधिबाट उपचार हुँदै आएको बताउँदै उनले एक बर्षभित्र रेडियसन (सेक्ने) विधिबाट उपचार सेवा संचालनका लागि कार्य अगाडी बढाएको स्पष्ट पारे । łयो विधिबाट उपचार गर्ने उपकरण किन्नमात्र १०–१२ करोड खर्च लाग्छ । सरकारले अहिले उपकरण दिन नसक्ने भएकोले करिव एक बर्ष अझैँ कुर्नुपर्ने भएको छ,’ डा. आचार्यले भने ।
उनले हिस्टो प्याथोलोजि, स्त्री रोग, नाक कान घाँटीको बिषेशज्ञको ब्यवस्था गरि बहिरंग सेवा बिस्तार गरिने स्पष्ट पारे ।
संघीय सांसद नन्दलाल रोकायले अपरेशन सेवाको उद्घाटन गरे लगतै तीन जनाको अप्रेशन भएको अस्पतालले जनाएको छ । स्थानीय जनताको सक्रियतामा क्यान्सर अस्पताल निर्माण भएको बताउँदै उनले स्थानीय जागेमा विकासको मुल फुटाउन सकिने उल्लेख गरे । रोकायले प्रजातान्त्रिक मर्म बुझ्न् र धैर्यता गर्न आग्रह गरे । łविकासलाई उत्पादनसँग जोड्ने हो भने साधन स्रोतमा कमी छैन,’ उनले भने ।
लुम्विनी प्रदेशका सांसद बाबुराम गौतमले सेवामूलक संस्थामा राजनीतिकरण हुन नहुने बताउँदै परोपकार गर्नु धर्म भएको बताए । परोपकार त्याग र तपस्याको महत्व बुझ्न जरुरी रहेकोे उल्लेख्य गरे ।
खजुरा गाउँपालिका प्रमुख तथा प्रखर परोपकार मिसनका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनताले साथ दिएकै कारण अस्पताल निर्माण सम्भव भएको बताए ।

Previous articleतीनलाख २० हजार घुस रकमसहित मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ
Next articleनेपालगन्ज म्याराथनको छैठौँ संस्करण आजः कसरी सुरु भएको थियो नेपालगन्ज म्याराथन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here