तीनलाख २० हजार घुस रकमसहित मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ

दाङ, ५ मंसिर ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, दाङका दुई जना कर्मचारीलाई घुस रकमसहित शुक्रवार नियन्त्रणमा लिएको छ । घुस रकम माग गरेको उजुरीको आधारमा आयोगको सम्पर्क कार्यालय, नेपालगन्जले शुक्रवार मालपोत कार्यालयका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट तीन लाख २० हजार रुपैँया बरामद भएको अख्तियारले जनाएको छ । जग्गा नापजाँच गरि लालपूर्जा बनाई दिने भन्दै उनीहरुले सेवाग्राहीबाट रकम माग गरेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Previous articleआठ महिनापछि नेपालगन्ज रंगशालामा खेल प्रशिक्षण सुचारु (फोटो फिचर)
Next articleसुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक तीन जनाको अपरेशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here