नेपालगन्ज म्याराथनको छैठौँ संस्करण आजः कसरी सुरु भएको थियो नेपालगन्ज म्याराथन ?

बाँके, ५ मंसिर ।

टीएस ठकुरी पेशाले पत्रकार हुन् । उनी लामो समय काठमाडौँमा बसेर पत्रकारिता गरे । खेलप्रति रुची भएकोले पत्रकारिताकै क्रममा खेलकुद विट उनको रोजाईमा प¥यो । उनले नेपालमा हुने राष्ट्रिय स्तरका प्रतियोगितामा अग्रपंतीमा उभिएर रिपोर्टिङ गरेर आफूलाई अब्बल बनाएका छन् । उनी अन्तर्राष्ट्रिय प्रतियोगिताको रिपोर्टिङ गर्न विभिन्न देश पुगेर खेल क्षेत्रको अनुभव संगालेका छन् ।
विक्रम सम्वत् ०७१ साल अघि उनी काठ्माडौँमा थिए । आफ्नो ठाउँमा केहि गर्नुपर्छ भन्ने सोँचेर उनी ०७१ को अन्त्यतिर गृह जिल्ला बाँके फर्किए । माओवादी द्वन्द्वकालमा साविक मध्यपश्चिमाञ्चलले सवैभन्दा बढि क्षति ब्यहोरेको थियो । विस्तृत शान्ति सम्झौता भएपछि सवैभन्दा धेरै मध्यपश्चिमाञ्चलबासीले राहत पाएको उनले निष्कर्ष निकाले र नेपालगन्ज पिस म्याराथनको कन्सेप्ट बनाए ।
उनले विदेशमा हुने म्याराथनको बारेमा पढे, बुझे र ज्ञान लिए । विदेशमा हुने म्याराथनले लाखौँ दर्शक र खेलाडी उतारेको पढे । त्यसले उनलाई पनि नेपालगन्जलाई चिनाउने केहि गर्नुपर्छ भन्ने लाग्यो । अनि उनी नेपालगन्ज फर्किए । धरान, पोखराको नाम लिँदा साथीहरु जान हौसिन्थे, तर नेपालगन्ज किन र के का लागि जाने भन्दै साथीहरु पञ्छिन्थे । łसाथीहरुलाई म्याराथनको नाममा नेपालगन्ज जाने बातावरण बनाउनु पर्छ भन्ने लागेर यो कन्सेप्ट तयार पारेँ,’ ठकुरीले भने ।
उनलाई त्यतिबेला एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, विक्रम जंग थापा, ह्रदय मास्के लगायतले साथ दिए । उनले जुम्लाका म्याराथन धावक हरिबहादुर थापालाई सम्झिए । र, विस्तृत शान्ति सम्झौतालाई स्मरण गर्न नेपालगन्ज पिस म्याराथन गर्ने योजना बनाए । तर, पिस जोड्दा सर्वसाधारणले एनजिओले गरेको प्रतियोगिता जस्तो गरि बुझे पछि उनले पिस हटाए । łनेपालगन्ज म्याराथनलाई ब्यापक र सर्वमान्य बनाउन पिस हटायौँ,’ उनले भने ।
नेपालगन्ज म्याराथनले नेपालगन्जलाई देश, विदेशमा चिनाएको उनको दावी छ । छोटो समयमा यति धेरै लोकप्रिय बन्नेमा उनले कल्पना गरेका थिएनन् । हरेक बर्ष खेलाडी, दर्शक र स्पोन्सरको संख्या थपिदै गएपछि उनी हौसिएका छन् । łनेपालगन्जलाई म्याराथनको बारेमा बुझाउन कठिन थियो । अहिले यहाँका सर्वसाधारणले बुझ्दै गएका छन् । सहभागिता, समन्वय र सहकार्यका लागि सहयोगी हातहरु थपिदै गएका छन् । यसले म र मेरो टीमलाई थप हौसला मिलेको छ,’ अध्यक्ष ठकुरीले भने ।
पहिलो बर्ष करिव तीनसय जना सहभागी भए । गत बर्ष तीन हजार सात सय जनाले विभिन्न विधाको म्याराथनमा सहभागिता जनाए । łयसबर्ष पाँच हजार पु¥याउने लक्ष्य थियो, तर कोरोनाले साथ दिएन,’ उनले भने ।
उनले म्याराथनले नेपालगन्जलाई विश्वमा चिनाएको बताउँदै यसले नेपालगन्जको आर्थिक विकासमा समेत टेवा पुर्याएको बताए । नेपालगन्ज म्याराथनले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको जिकिर गरे । łम्याराथनले होटल ब्यवसायीलाई फाइदा पुगेको छ । यहाँको किराना र यातायात ब्यवसायमा समेत यसले सहयोग गरेको छ,’ उनले भने, łयसले आयोजकलाई भन्दा नेपालगन्जबासीलाई नै फाइदा पुर्याएको मैले महशुस गरेको छु ।’
पुरुष म्याराथनमा २५ जनामात्र सहभागी हुने
कोरोनाका कारण यस बर्षको पुरुष म्याराथनमा २५ जनामात्र सहभागी हुन पाउने भएका छन् । उनले महिला हाफ र तीन किलोमिटरको कर्पोरेट रन मात्र समावेश गरिएको बताए । गत बर्षको पाँच किलोमिटर महिला तथा पुरुष स्कुलस्तरिय एवम् खुल्ला दौड, ८–१० बर्ष उमेर समुहको दौड र शारिरिक रुपमा अशक्तको ट्राई साइकल दौड पनि नहुने भएको छ । łस्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता गर्नुपर्ने भएकोले चाँहदा चाँहदै खेलाडीको संख्या घटाउनु प¥यो,’ ठकुरीले भने ।

Previous articleसुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक तीन जनाको अपरेशन
Next articleबाँकेका विभिन्न आइसोलेशनमा ८१ जनाको मृत्यु, ४२ को अवस्था चिन्ताजनक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here