गाईको मासुसहित नरैनापुरबाट दुई पक्राउ, दुई फरार

बाँके, ४ मंसिर ।


गाईको मासुसहित प्रहरीले दुई जनालाई विहीवार पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका–१, महतनियाका गुलाम रसुलको घरमा गाई काटेर मासुको भाग लगाउने क्रममा मासुसहित दुई जनालाई पक्राउ गरिएको सीमा प्रहरी चौकी, सुइयाका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) तोजेन्द्र विसीले जानकारी दिए ।
नरैनापुर गाउँपालिका–२ का शकिल शेष र सोही वडाका जैनुल आवादिन पक्राउ परे पनि घरधनी रसुल र वडा नं. १ का झब्बु साई फरार भएको उनले बताए ।
खानका लागि गाई काटिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, भगवानपुर र सीमा प्रहरी चौकी सुइयाको संयुक्त टोलीले छापा मार्दा घटनास्थलबाट झण्डै १० किलो गाईको मासु बरामद भएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले बताए ।
गुलाम रसुल यसअघि पनि गाई काटेको अभियोगमा पक्राउ परि सजाय पाएका ब्यक्ति भएको उनले बताए । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय, भगवानपुरमा राखिएको छ ।

Previous articleहोम आइसोलेशनमा रहेका एक कोरोना संक्रमितको मृत्यु
Next articleआठ महिनापछि नेपालगन्ज रंगशालामा खेल प्रशिक्षण सुचारु (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here