होम आइसोलेशनमा रहेका एक कोरोना संक्रमितको मृत्यु

बाँके, २ मंसिर ।


होम आइसोलेशनमा बसेका बाँकेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, तिनघरुवाका ५८ बर्षिय पुरुषलाई थप उपचारका लागि भेरी अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि ति पुरुषको २९ कात्तिकमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वाब परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेशनमा बस्दै आएका उनको स्वास प्रस्वासमा समस्या आएपछि २ मंसिरमा उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो ।
उनी नेकपा, बाँकेका जिल्ला कमिटी सदस्य भएको नेकपा बाँके अध्यक्ष आइपी खरेलले पुष्टि गरेका छन् । योसँगै बाँकेमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

Previous articleमुस्लिम समुदायका ‘आइकन’:प्रवेज अलि सिद्धिकी
Next articleगाईको मासुसहित नरैनापुरबाट दुई पक्राउ, दुई फरार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here