तिहार लगत्तै कम्तीमा १५ दिन लकडाउन गर्न चिकित्सकको सुझाव

बाँके, १ मंसिर ।


बाँकेमा कोरोना संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै चिकित्सकले तिहार लगत्तै कम्तीमा १५ दिन लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । कोरोनाको लक्षण देखिएकाले मात्र कोरोना जाँच गराएको बताउँदै भेरी अस्पतालको आइसोलेशन संयोजक समेत रहेका बरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले लकडाउन नगरिए बाँकेमा भयाबह अवस्था आउने औँल्याए ।
उनले बजार, कलकारखाना, उद्योग खुलेसँगै कोरोनाको जोखिम बढेको बताए । किनमेलका लागि बजार आउने र ब्यापारीहरु माक्स लगायत स्वास्थ्य मापदण्ड पालना गर्न छोड्दै गएको बताए । ‘आगामी दिन झन जटिल बन्ने सम्भावना देखिन्छ । उक्त अवस्था आउन नदिन स्थानीय प्रशासनले कम्तीमा १५ दिन लकडाउन गर्न आवश्यक छ,’ उनले भने ।
उनले चिसो मौसममा कोरोना संक्रमण झनै बढ्ने खतरा रहेको औँल्याए । ‘चिसोयाममा धेरै समयसम्म भाइरस जिवित रहने भएकोले कोरोना संक्रमण झनै बढ्ने अनुमान छ,’ डा. यादवले भने । चिसो मौसममा स्वास प्रश्वासका विरामीलाई कोरोना संक्रमण भए त्यसले झनै जटिलता ल्याउने बताए ।

Previous articleनरैनापुरका विद्यालय तिहारपछि संचालनमा आउने
Next articleधारा नेपालगन्ज म्याराथनको राशीमा बृद्धि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here