प्रश्नपत्र तयार गर्न खजुरामा सिकाइ सहजीकरण कार्यशाला

बाँके, २८ कात्तिक ।


कोभिडका कारण वैकल्पिक शिक्षाका विभिन्न माध्यम प्रयोग गर्दै आएको खजुराले विद्यार्थी सिकाई सहजीकरण कार्यशाला गरेको छ । खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा प्रश्नपत्र निर्माण, गृहकार्य र कार्यसंचालन सम्बन्धि कार्यशाला गरेको हो ।
यो शैक्षिक सत्रको विदा काटेर हुने १०० दिनको योजना बनाउँदै ४ मंसिरसम्म प्रश्नपत्र निर्माण, १५ गतेदेखि वितरण र साप्ताहिकरूपमा अनुगमन तथा मूल्यांकन गरिने शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए । यो शैक्षिकसत्रको १५ चैतसम्म खजुरा गाउँपालिका क्षेत्रभित्रका माबि, आधारभूत र प्रावि सबै तहको परीक्षा सम्पन्न गरिने उनले बताए ।
खजुरा गाउँपालिका प्रमुख तथा शिक्षा समिति संयोजक किस्मतकुमार कक्षपतिले उद्घाटन गरेको सिकाइ कार्यशालामा शिक्षा समिति सदस्य एवं ज्ञानोदय माबिका प्रधानाध्यापक ऋषिराम सापकोटा, मावि शिक्षक यमनारायण महतो, गगन खड्का, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल र प्राविधिक सहायक निर्मल रेग्मीले सहजीकरण गरेका थिए । कार्यशालामा माबि ३५, आधारभूत ३९ र प्रावि तहका ७८ जना शिक्षकको सहभागिता रहेको थियो ।

Previous articleआइसीपी निर्माण कार्यको शिलान्यास भएकोमा संघद्वारा खुसी ब्यक्त
Next articleखजुरामा भलिबल प्रतियोगिता सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here