आइसीपी निर्माण कार्यको शिलान्यास भएकोमा संघद्वारा खुसी ब्यक्त

बाँके, २८ कात्तिक ।


नेपालगन्ज स्थित नेपाल–भारत क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्यको शिलान्यास भएकोमा हर्षित भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । लामो समयदेखि यस क्षेत्रका उद्योगी, ब्यवसायी एवम् सम्बद्ध सवैको लामो प्रतिक्षा र माग गर्दै आएको आईसीपी आयोजना सम्झौता भएको १५ वर्षपछि शिलान्यास भएको प्रति गौरबान्वित भएको बताउँदै संघले अगामी दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्न दुवै देशका सरकार प्रमुखसँग आग्रह गरेको छ ।
उक्त आयोजनाले बाँके लगायत पश्चिम नेपालकै व्यवसायिक क्षेत्रमा आर्थिक क्षेत्रमा ठूलो योगदान पु¥याउने विश्वास लिएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरन्जीवी ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । निर्माणका क्रममा आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत संघ प्रतिवद्धता जनाएको छ ।

Previous articleमाक्स लगाउन छाड्दै सर्वसाधारण, प्रशासन मौन, धनतेरसका दिन नेपालगन्जमा माक्स नलगाएको भीडभाड कस्तो थियो ? (फोटोमा हेर्नुस)
Next articleप्रश्नपत्र तयार गर्न खजुरामा सिकाइ सहजीकरण कार्यशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here