रेम्डेसिभिर औषधि खोज्न भौतारिदै कोरोना संक्रमितका आफन्त, एक भाइलको १२ हजार तिर्दासमेत पाउन मुस्किल

गुगलबाट

बाँके, २६ कात्तिक ।

सहज रुपमा रेम्डेसिभिर औषधि नपाउँदा कोरोना संक्रमितका आफन्तले महंगो शुल्कमा किन्न बाध्य भएका छन् । सरकारले रेम्डेसिभिर औषधि आयात नगरेपछि दोब्बर मूल्य तिर्दासमेत नपाएको भेरी अस्पतालका प्लाजमा थेरापी विज्ञ समेत रहेका फिजिसियन डा. खगेन्द्रजंग शाहले बताए ।
उनले एक भाइलको चार हजार पाँच सय पर्ने रेम्डेसिभिर विरामीले १०–१२ हजार रुपैँयासम्म तिर्न तयार हुँदासमेत नपाएको बताए । उनले स्वास प्रश्वासमा समस्या भएको संक्रमितलाई पाँच भाइल रेम्डेसिभिर दिनुपर्ने बताउँदै उनले रेम्डेसिभिरमा मात्र एक जना विरामीको ५० हजार रुपैँया खर्च भइरहेको बताए ।
उनले नेपालगन्जका औषधि पसलमा नपाइने भएकोले संक्रमितका विरामीहरु भारतमा निर्भर हुनुपरेको बताए । पैँसा भए पनि संक्रमितका आफन्तले किन्ने ठाउँ नपाएको उनले बताए । ‘सरकारले रेम्डेसिभिर औषधि विरामीलाई नदिए पनि किन्ने ठाउँको ब्यवस्था गरिदिएको भए विरामीका आफन्तलाई धेरै राहत मिल्ने थियो,’ डा. शाहले भने ।
सरकारले औषधि आपूर्तीको ब्यवस्था नगर्दा विरामीले कालो बजारीमा ल्याएको औषधि किन्न बाध्य भएका छन् । नेपालगन्जमा नपाइए पछि भारतको रुपइडिहा गएर किन्नुपर्ने अवस्था रहेको छ । तै पनि नेपाल–भारत सीमा नाका सील भएका कारण औषधि खरिद गर्न सहज नभएको कोरोना संक्रमितका आफन्त इन्द्र केसीले बताए । ‘नेपालमा पाइदैन । भारतमा जान खोज्यो नाका सील छ । पहुँच भएकाहरु भनसुन गरेर सहज रुपमा जान सक्छन् । नहुनेहरुका विरामी औषधि नपाएर मर्ने भए,’ उनले भने ।
स्वास प्रश्वासमा समस्या देखिएका विरामीलाई रेम्डेसिभिर औषधि दिँदै आएको उनले बताए । अहिलेसम्म रेम्डेसिभिर औषधि कोरोना उपचारमा प्रभावकारी रहेको उनको भनाई छ । ‘सरकारले औषधि निशुल्क नदिए पनि किन्ने बातावरण बनाई दिनु प¥यो । यहाँ त किन्न चाहेर पनि नपाइने अवस्था छ । यसले उपचारमा थप समस्या सिर्जना भएको छ,’ डा. शाहले भने, ‘रेम्डेसिभिर औषधि नपाएर संक्रमितले ज्यान गुमाउने अवस्था छ ।’ नयाँ पत्रिकाबाट
भेरीमा उपचाररत २७ को मृत्यु, दुईको अवस्था नाजुक
भेरी अस्पतालमा उपचाररत २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २६ भाद्रबाट सुरु भएको कोरोना विशेष आइसोलेशनबाट तीनसय ६० जनाले सेवा लिएको आइसोलेशन संयोजक बरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले जानकारी दिए ।
उनले तीन सय १५ जना निको भएर फर्किएको बताउँदै मंगलवारसम्म ५२ जना उपचाररत रहेको बताए । भेरी अस्पतालको कोभिड वार्डमा ७२ बेड छ । ति मध्ये एक जना भेन्टिलेटरमा र १५ जना आइसियूमा रहेका छन् । आइसियू र भेन्टिलेटरमा रहेका दुई जनाको स्वास्थ्य अवस्था नाजुक रहेको डा. यादवले बताए ।
कोरोनासँग खेलवाड गरेका कारण मृत्यु दर बढेको उनको भनाई छ । राम्रो स्याहार, सुसार नपाउँदा होम आइसोलेशनमा बसेकाहरुलाई निमोनिया हुने सम्भावना अधिक रहेको बताउँदै डा. यादवले उपचारका लागि ढिलो गरि आएकाहरुमा स्वास्थ्य समस्या देखिएको बताए । ‘रोगको पहिचान ढिलो गरि भएपछि समयमा उपचार पाउँदैनन् । समयमा उपचार नपाए कोरोना संक्रमितलाई निमोनिया हुने सम्भावना हुन्छ,’ उनले भने, ‘निमोनिया भए उपचारमा समस्या हुन्छ । निमोनिया नै मृत्युको कारण बन्ने गरेको छ ।’
एकाहरुको मृत्यु भएको डा. यादवले बताए । आएकाहरु भेरी अस्पतालमा आएका अधिकांशलाई निमोनिया भएको उनको भनाई छ । ‘केहि दिनअघि बेड अभाव भए पनि अहिले त्यस्तो समस्या छैन,’ उनले भने ।
उनले चिसो मौसममा कोरोना संक्रमण झनै बढ्ने खतरा रहेको औँल्याए । ‘चिसोयाममा धेरै समयसम्म भाइरस जिवित रहने भएकोले कोरोना संक्रमण झनै बढ्ने अनुमान छ,’ डा. यादवले भने ।

Previous articleमदन भण्डारी स्पोर्ट एकेडेमीको अध्यक्षमा रमेश मिजार
Next articleचिकित्सकको नक्कली हस्ताक्षर गरि निशुल्क कागजात बनाई सर्वसाधारणबाट शुल्क लिने तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here