नेकपा उपाध्यक्ष बामदेव गौतमको मन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं, २६ कात्तिक ।
नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्ने बाटो खुलेको छ । गौतम विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चले गौतमको पक्षमा निर्णय गरेपछि उनी मन्त्री बन्न पाउने बाटो खुलेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ गरेका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्ठले राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै गत १२ असोजमा छुट्टाछुट्टै रिट दायर गरेका थिए । दुवै रिटमाथि संयुक्त रूपमा सुनुवाइ भएको हो ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो । उक्त इजलासले सो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा रिट निवेदनलाई संवैधानिक इजलासमा पठाएको थियो ।

Previous articleचिकित्सकको नक्कली हस्ताक्षर गरि निशुल्क कागजात बनाई सर्वसाधारणबाट शुल्क लिने तीन जना पक्राउ
Next articleखजुरामा पालिकास्तरिय मानव वेचविखन विरुद्ध समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here