चिकित्सकको नक्कली हस्ताक्षर गरि निशुल्क कागजात बनाई सर्वसाधारणबाट शुल्क लिने तीन जना पक्राउ

बाँके, २६ कात्तिक ।
चिकित्सकको नक्कली हस्ताक्षर गरेर निशुल्क कोरोना जाँचको कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गरिव, असहाय र विपन्न परिवारका विरामीको निशुल्क कोरोना परीक्षण गर्न अस्पतालले बनाएको कागजातमा चिकित्सकको नक्कली हस्ताक्षर गरि सर्वसाधारबाट प्रति ब्यक्ति एक हजार रुपैँया लिँदै आएका तीन जनालाई तीन जनालाई भेरी अस्पताल सुरक्षार्थ खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी हवल्दार निरुमान नेपालीले जानकारी दिए ।
पक्राउ परेका तीनै जना भेरी अस्पतालमा सुरक्षा दिँदै आएको माता बागेश्वरी सेक्यूरिटीमा कार्यरत सुरक्षाकर्मी भएको उनले बताए । उनीहरुले कोरोना आइसोलेशनमा कार्यरत डा. संजय बर्माको नक्कली हस्ताक्षर गरि कोरोना जाँच निशुल्क गर्ने कागजात बनाउँदै आएको अनुसन्धानबाट खुलेको छ । ति सुरक्षागार्डले सर्वसाधारणबाट प्रति ब्यक्ति एक हजार रुपैँया लिँदै आएको नेपालीले बताए ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–८ का १८ बर्षिय विवेक अधिकारी, कैलालीका ३१ बर्षिय बासुदेव जोशी र बढैयाताल गाउँपालिका–८, बर्दियाका ३४ बर्षिय बद्रि खनाल रहेको प्रहरीले जनाएको छ । उनीहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको प्रहरी हवल्दार नेपालीले बताए ।

Previous articleरेम्डेसिभिर औषधि खोज्न भौतारिदै कोरोना संक्रमितका आफन्त, एक भाइलको १२ हजार तिर्दासमेत पाउन मुस्किल
Next articleनेकपा उपाध्यक्ष बामदेव गौतमको मन्त्री बन्ने बाटो खुल्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here