बर्दियाका ३२ बर्षिय पुरुष र दैलेखकी ४४ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

फोटोः बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको फेसबुकबाट ।

बाँके, २५ कात्तिक ।
कोरोना संक्रमणका कारण बाँकेमा मंगलवार दुई जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–९, बर्दियाका ३२ बर्षिय पुरुष र नारायण नगरपालिका–२, दैलेखकी ४४ बर्षिय कोरोना संक्रमित महिलाको मंगलवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
राजापुरका ३२ बर्षिय पुरुषको भेरी अस्पतालमा दिउँसो १२ः३० बजे र दैलेखकी महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बेलुकी ५ बजे मृत्यु भएको उनले बताए । दैलेखकी महिलाको कोरोना रिपोर्ट आएको एक घण्टा पछि मृत्यु भएको उनले बताए ।
योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३४ जना कोरोना संक्रमितको बाँकेका अस्पतालमा मृत्यु भएको छ ।

Previous articleआठौँ राष्ट्रिय प्रतियोगिताका लागि बनेका संरचनाको मर्मत सुरु
Next articleराप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीलाई कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here