आठौँ राष्ट्रिय प्रतियोगिताका लागि बनेका संरचनाको मर्मत सुरु

बाँके, २५ कात्तिक ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोतिाका लागि नेपालगन्जमा निर्माण गरिएको पौडीपोखरी वरिपरि लगाइएको टायल र प्यारापिट भत्किन थालेपछि निर्माण कम्पनीले मर्मत सुरु गरेको छ । पौडीपोखरीको प्यारापिटको प्लाष्टर उप्किएको छ । भने, पौडीपोखरीको वरिपरि विछ्याइएको टायल फुटेको छ ।
पौडीपोखरीको प्यारापिटमा लगाइएको सिसा पनि फुटेर खसेको छ । भूँइमा खसेको सिसा अहिले पनि उठाइएको छैन । निर्माण कम्पनीले भत्किएका संरचना मर्मत गर्न सुरु गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । प्यापिटको तल लगाइएको सिसा हावा लागेर खसेको उनले बताए । प्यारापिटको प्लाष्टर झरेको छ । पानीको निकास राम्रो नहुँदा प्यारापिटको सिँढीमा पानी चुहिने गरेको छ । ‘पौडीपोखरी वरिपरिको टायल लगायत प्यारापिट मर्मतको काम निर्माण कम्पनीले सुरु गरेको छ,’ उनले भने ।


बरमुडाग्रास संरक्षणमा कर्मचारी
मुलुकमै पहिलो पटक नेपालगन्ज रंगशालामा रोपिएको बरमुडा ग्रास (घाँस) सुकेर नष्ट भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोेगिताका लागि भारतको कोलकाताबाट ल्याएर रोपेको घाँस सुकेर नष्ट भएको हो । जसको लागत करिब ४० लाख रुपैयाँ रहेको छ ।
लकडाउनपछि कुनै प्रतियोगिता हुन नसक्दा घाँस बढ्न नपाई सुकेर नष्ट भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । उनले घाँसमा पटक–पटक पानी सिँचाई गर्दासमेत दुबो नमौलाएको बताए । ‘घाँसको संराण गर्न पटक–पटक सिँचाई हुँदै आएको छ, तर बरमुडा घाँस सुक्दै गएको छ । अन्य झार उम्रिएर बरमुडाग्रासलाई जितिसक्यो,’ उनले भने ।
आठौँ राष्ट्रिय प्रतियोगिताका बेला हरियो रहेको उक्त रंंगशालाको घाँस सुकेर नष्ट भइसकेको उनले बताए । उनले मैदानको अधिकांश ठाउँमा बरमुडाग्रास सुकेर विलिन भइसकेको जानकारी दिए ।
उनले पानी सिँचाई गर्दा पनि बरमुडाग्रास नपलाएपछि परीक्षणका लागि यूरिया मल छर्केर पानी सिँचाई गरिएको स्पष्ट पारे । घाँस जोगाउन हरसम्भवको प्रयास गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रमाणित गरेको घाँस नेपालका लागि नयाँ प्रयोग भएको हो । घाँस रोप्नका लागि काभ्रेबाट प्राविधिक ल्याइएको थियो । तर, रोपेको एक बर्ष वित्न नपाउँदै घाँस सुक्न थालेको छ । पानी सिँचाई गर्दासमेत घाँस नपलाएको एक प्रत्यक्षदर्शीले बताए । ‘हरेक दिन मालीले पानी सिँचाई गर्ने र झार उखेल्छन्, तै पनि आशा गरिए जस्तो सुधार हुन सकेको छैन,’ उनले भने ।

Previous articleघायल जिन्दगी (लघुकथा)
Next articleबर्दियाका ३२ बर्षिय पुरुष र दैलेखकी ४४ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here