रोल्पाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

बाँके, २३ कात्तिक ।
भेरी अस्पतालमा उपचाररत लिबाङ नगरपालिका–४, रोल्पाका ५६ बर्षिय कोरोना संक्रमित पुरुषको मध्यरातमा मृत्यु भएको छ । १४ कात्तिकमा कोरोना पोजेटिभ पुष्टि भएपछि नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका ति पुरुषको मध्यरात १२ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा खरावी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो । उपचार पछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । शिक्षण अस्पतालले कोरोना आशंकामा १४ कात्तिकमा स्वाब संकलन गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए । मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या देखिएको पारिवारिक श्रोतलाई उदृध गर्दै श्रेष्ठले जानकारी दिए ।

Previous articleपुनर्जन्म पाएको भन्दै १२ जना पूर्व लागूऔषध प्रयोगकर्ताले मनाए जन्मदिन (फोटो फिचर)
Next articleगाउँघरमा सुनिन छाड्यो सारङ्गीको धुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here