दिवसको अवसरमा सर्वसाधारणलाई कण्डम र मास्क वितरण (फोटोहरु)

बाँके, २२ कात्तिक ।
२६ औँ राष्ट्रिय कण्डम दिवसको अवसरमा रिक्सा चालक लगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रमको अवसरमा माक्स नलगाएर हिडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरले जानकरी दिए ।
नेपालगन्ज उपमहानरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले कण्डमको सहि प्रयोग गरेमा दोहोरो सुरक्षा प्रदान गर्ने बताउँदै उनले एचआइभी तथा यौनरोगबाट कण्डमले जोगाउने बताए । अनिच्छित गर्भ रहनबाट जोगाउन पनि मद्दत गर्ने बताए । ‘कण्डम परिवारनियोजनको साधन मात्र नभई एचआइभी र यौनरोगबाट जोगाउने प्रभावकारी साधन पनि हो,’ उनले भने ।


सो अवसरमा भेरी अस्पतालका ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा. संकेत रिसालले कण्डमको सहि प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताए । उनले एचआइभी र यौनरोगको संक्रमण दर स्थिर अवस्थामा राख्न कण्डम प्रयोग गर्ने ब्यवहारलाई अझ सशक्त रुपमा बढावा दिनुपर्ने धारणा राखे ।
‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौँ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको दिवसलाई भेरी अस्पताल एआरटी क्लिनिक, पश्चिम तारा नेपाल, असहाय सेवा संघ, जुनकिरी महिला समुह, सिआरएस, नागार्जुन डेभलपमेन्ट कमिटी, चेन्ज टीम, एनएपिएन लगायत संघसंस्थाले सहकार्य गरेका थिए । विपी चोकमा भएको कार्यक्रमको संचालन एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले गरेका थिए ।

Previous articleफेरि दुईको मृत्यु, एकैदिन चार कोरोना संक्रमितको बाँकेमा मृत्यु
Next articleपुनर्जन्म पाएको भन्दै १२ जना पूर्व लागूऔषध प्रयोगकर्ताले मनाए जन्मदिन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here