दाङका ६४ बर्षिय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

फाइल फोटो ।

बाँके, २१ कात्तिक ।
बाहिरी जिल्लाबाट आएर भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका–१०, दाङका ६४ बर्षिय कोरोना संक्रमित पुरुषको २० कात्तिकको राती ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा १४–१८ कात्तिकसम्म उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि १९ कात्तिकमा भेरी अस्पतालमा ल्याइएको थियो । भेरी अस्पताल ल्याएकै दिन उनको मृत्यु भएको श्रेष्ठले बताए ।

Previous articleदंगीशरण गाउँपालिकाको कार्यालय एक हप्तासम्म बन्द
Next articleजन्मदिन मनाउने, खुशी साट्ने र आशिर्वाद लिने थलो बन्दै नीलसागर बृद्धाश्रम (फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here