विज्ञान विषय पढ्ने विद्यार्थीलाई छात्रबृत्ति दिँदै दंगीशरण गाउँपालिका

दाङ, २१ कात्तिक ।
दंगीशरण गाउँपालिकाले विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति दिने भएको छ । दंगीशरण गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरेर विज्ञान विषय लिएर सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति दिइने शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए ।
उनले सामुदायिक विद्यालयको गुणस्तरियता बढाउन र दंगीशरण गाउँपालिकाका गरिव तथा जेहन्दार विद्यार्थीलाई विज्ञान विषय अध्ययन गर्न प्रोत्साहित गर्न छात्रबृत्ति कार्यक्रम ल्याइएको बताए । छात्रबृत्ति लिन चाहने विद्यार्थीले आफूले विज्ञान विषय लिएर सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको प्रमाणित हुने कागजात पेश गर्नुपर्ने छ ।
यसका साथै दंगीशरण गाउँपालिकामा रहेको एनसिसि बैंकमा खाता हुनुपर्ने, एसईई उत्तिर्ण गरेको लब्धाङ्क तथा चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्ने शिक्षा शाखा प्रमुख अधिकारीले बताए ।
गाउँपालिकाले छात्रबृत्तिका लागि दुईलाख ५० हजार रुपैँया विनियोजन गरेको बताउँदै एक जना विद्यार्थीलाई मासिक एक हजार पाँच सयदेखि दुई हजार रुपैँया सम्म दिने योजना भएको बताए । बढिमा १०–१२ जना विद्यार्थीले विज्ञान विषय लिएर पढ्लान भन्ने हाम्रो अनुमान छ,’ उनले भने ।

Previous articleनेपालगञ्जको नगरभवनमा अत्याधुनिक सपिङ कम्पलेक्स बन्ने
Next articleदंगीशरण गाउँपालिकाको कार्यालय एक हप्तासम्म बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here