नेपालगन्ज–११ मा हेल्पडेस्क सञ्चालन

बाँके, ११ कात्तिक ।
नेपालगन्ज उपमहानगरपालिका–११ मा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन भएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ का वडा अध्यक्ष उज्वल सिंह राठौरले हेल्पडेस्कको उद्घाटन गरेसँगै वडामा नागरिक सहायता कक्ष सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राठौरले वडामा आउने सेवाग्राहीका समस्या हेल्पडेस्क मार्फत समाधान हुने विश्वास ब्यक्त गरे ।
यसैगरि, कार्यक्रममा बोल्दै वडा सचिब सबिता तिवारीले वडा कार्यालयको सेवा प्रवाहलाई ब्यवस्थित र थप चुस्त दुरुस्त बनाउन हेल्पडेस्क आवश्यक रहेको बताइन् ।
उनले हेल्पडेस्कलाई ब्यवस्थित गर्न वडाले थप प्रयास गर्ने प्रतिबद्धता गरिन् । बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले स्वागत गरेको कार्यक्रमको उद्धेश्य तथा बासले हेल्पडेस्क मार्फत गर्ने प्रक्रियाको बारेमा बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

Previous articleपूर्व सभामुख महरा पत्नीको काठ्माडौँमा निधन
Next articleसमर्थन मूल्यमा धान खरिद गर्दै बाँकेका १३ सहकारी, हतार नगर्न खाद्य संस्थानको सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here