गुरुकुल बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रदीप चौधरी निर्वाचित

बाँके, १७ कात्तिक ।
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि., नेपालगन्जको अध्यक्षमा प्रदीप चौधरी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सहकारीको आइतवार नेपालगन्जमा सम्पन्न दशौँ बार्षिक साधारण सभाले चौधरीको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
सभाले उपाध्यक्षमा कमल गुप्ता र सचिवमा श्वैच्छा श्रेष्ठलाई चयन गरेको सहकारीका ब्यवस्थापक टीकाराम चौधरीले जानकारी दिए । त्यसैगरि, सदस्यमा लक्ष्मीदेवी योगिनी, हरिहर सिंह सिलवाल र अर्मेन्द्र सिंह सरदार चयन भएका छन् ।
सभाले सूर्यनाथ योगीको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको छ । समितिको सदस्यमा सुभाषचन्द्र मिश्रा र सरस्वती थापा चयन भएको ब्यवस्थापक चौधरीले जानकारी दिए । नयाँ कार्यसमितिको कार्यकाल चार बर्ष रहने छ ।

Previous articleप्रमुख प्रशासकीय अधिकृत बिकलाई राप्तीसोनारीमा स्वागत
Next articleदेशभर चार सय २१ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचार गराउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here