राप्तीसोनारी गाउँपालिकाको कामकाज सुचारु

बाँके, १६ कात्तिक ।
राप्तीसोनारी गाउँपालिका कार्यालयको काम आइतबारबाट पुनः सञ्चालनमा आएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिका तथा वडा कार्यालयका अत्यावश्यक बाहेकका काम यहि १२ कात्तिकदेखि बन्द गरिएको थियो ।
स्वास्थ्य सुरक्षा अपनाएर कार्यालयको काम पुनः सुरु गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । कोरोना भाइरसको महामारी अझैँ नियन्त्रणमा आइनसकेकोले सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उनले सबैसँग आग्रह गरेका छन् ।
यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका र वडा कार्यालय बन्द गरिएको थियोे । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको कामकाज पटक–पटक बन्द हुँदै आएको उनले बताए ।

Previous article७० बर्षिया महिलाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो
Next articleप्रमुख प्रशासकीय अधिकृत बिकलाई राप्तीसोनारीमा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here