एकैदिन दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यू

File Photo

बाँके, १५ कात्तिक ।
बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमितको शनिवार मृत्यू भएको छ । शनिवार विहान घोराही उपमहानगरपालिका–४ का ७० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यू भएको थियो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका–१८ का ७० बर्षिय कोरोना संक्रमित पुरुषको पनि शिक्षण अस्पताल कोहलपुरमा मृत्यू भएको उनले बताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि १३ कात्तिकमा १३ गते शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । उनको कोरोना आशंकामा १४ कात्तिकमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र १५ कात्तिकमा कोरोना रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताए ।
योसँगै कोरोना संक्रमण भई बाँकेमा उपचार गर्न आएका मध्ये मृत्यू हुनेको संख्या १९ पुगेको छ ।

Previous articleइस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाए ‘मोहम्म डे’
Next articleबाँकेका एक महिलासहित एकैदिन तीन कोरोना संक्रमितको बाँकेमा मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here