बाँकेमा उपचाररत २३ जना कोरोना संक्रमितको अवस्था गम्भिर

File Photo

बाँके, १४ कात्तिक ।
बाँकेमा उपचाररत २३ जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत १६ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत सात गरि २३ जना संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले गम्भीर बिरामी मध्ये एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको बताए । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरि ८६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचाररत ८६ बिरामीमध्ये २३ गम्भीर, ४१ मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए ।
बाँकेमा १७७ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भइसकेको छ । भने, दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २९८ जना सक्रिय संक्रमित रहेकोउनले बताए ।

Previous articleघरदैलोमा पुगेर जेष्ठ नागरिकलाई भत्ता वितरण गर्दै डुडुवा गाउँपालिका
Next articleइस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाए ‘मोहम्म डे’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here