इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाए ‘मोहम्म डे’

बाँके, १४ कात्तिक ।
इस्लाम धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव (मोहम्मद डे) हर्षोउल्लासका साथ मनाएका छन् । ‘मोहम्मद डे’ को अवसरमा नेपालगन्जमा बसोबास गर्दै आएका इस्लाम धर्मावलम्बीले शुक्रवार नेपालगन्जमा र्याली निकाल्नुका साथै कुरान पाठ गरि उनले दिएका उपदेश स्मरण गरेका छन् ।
र्याली र कुरान पाठ गरेका उनीहरुले सामूहिक भोज खाएका छन् भने एकआपसमा शुभकामना आदान प्रदान समेत गरेका छन् । ‘मोहम्मद डे’ को अवसरमा नेपालगन्जको सदरलाइन, एकलैनी, फुल्टेक्रा, त्रिभुवन चोक, त्रिवेणीमोड लगायतका क्षेत्रलाई वेहुलीझँै सिंगारिएको छ ।
मोहम्मदको जन्म इस्वी सम्वत् २० अप्रिल, ५७१ अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औवलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको मानिन्छ । उनी जन्मिदा रगतले नलतपतिएको, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भन्ने धार्मिक विश्वास छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मान्ने गरिन्छ ।

Previous articleबाँकेमा उपचाररत २३ जना कोरोना संक्रमितको अवस्था गम्भिर
Next articleएकैदिन दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here