बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै फत्तेपुरका महिला, तीन महिनामा ८२ लाखको खसीबोका विक्रि

[pl_row]
[pl_col col=12]
[pl_text]

बाँके, ५ कात्तिक ।
मनग्य आम्दानी हुन थालेपछि फत्तेपुरका महिला बाख्रा पालन तर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा बाख्रा पालन गर्दा फाइदा नभएपछि त्यहाँका महिलाहरु ब्यवस्थित रुपमा बाख्रा पालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
बाख्रा पालन गर्दै आएका महिलाले सहकारी स्थापना गरेर खसीबोकाको कारोवार सोही सहकारी मार्फत गर्दै आएका छन् । एउटै परिवारले बार्षिक दुई लाखभन्दा बढिको खसीबोका विक्रि गरेको परिवर्तन सामाजिक महिला उद्यमी सहकारी संस्थामा आवद्ध राप्तीसोनारी गाउँपालिका–७, लालपुरकी पवित्रा अधिकारीले बताइन् ।
उनले गतबर्ष झण्डै दुईलाखमा १७ वटा खसी, बोका विक्रि गरेको बताइन् । उनले खसी, बोका विक्रिबाट आएको केहि रुपैँया आफूले राखिन र केहि परिवारमा बुझाइन् । ‘बाख्रा पालन गर्न थालेपछि पति र छोराछोरीसँग माग्न परेको छैन,’ उनले भनिन् ।


राप्तीसोनारी गाउँपालिका–६, शान्तिपुरकी संगीता बुढाथोकीले ३ कात्तिकमा ५१ किलोको खसी विक्रि गरिन् । जिउँदो प्रति किलो पाँच सय १० रुपैँयामा खसी विक्रि गरेको उनले बताइन् । सोही ठाउँकी रिताकुमारी थारुले पनि ३ कात्तिकमा ३१ र २६ किलाको दुई वटा खसी परिवर्तन सामाजिक महिला उद्यमी सहकारी संस्थालाई विक्रि गरिन् । ‘साउन–भदौँमा पनि खसी विक्रि गरेको थिएँ । फेरि दुई वटा खसी विक्रि गरेँ । पहिले चुरापोतेको लागि पतिसँग रुपैँया माग्नु पथ्र्यो । अब खसी, बोका विक्रि गरेको रकमबाट आफै किन्छु,’ रिताले भनिन् ।


तीन महिनामा ८२ लाखका खसीबोका विक्रि
फत्तेपुरमा मात्र महिलाले संचालन गरेका तीन वटा सहकारी छन् । ति सहकारीमा आवद्ध महिलाले चालू आर्थिक बर्षको तीन महिनामा झण्डै ८२ लाख मूल्य बराबरको खसीबोका विक्रि गरेका छन् । सामाजिक महिला उद्यमी सहकारी संस्थामा आवद्ध महिलाले आफूले उत्पादन गरेका खसीबोका आफू सदस्य भएको सहकारी संस्थालाई विक्रि गरेको राप्तीसोनारी गाउँपालिका–६, लालपुरस्थित परिवर्तन सामाजिक महिला उद्यमी सहकारी संस्थाका ब्यवस्थापक पम्फा परियारले बताइन् ।
उनको सहकारीले चालू आर्थिक बर्षको तीन महिनामा आफ्ना शेयर सदस्यले उत्पादन गरेका ४३ लाख ४३ हजार ८७२ रुपैँया बराबरको दुई सय ८५ वटा खसीबोका खरिद गरेको बताइन् । उनले दसैँ र तिहारमा तीन सय वटा खसीबोका विक्रि गर्ने लक्ष्य भएको बताउँदै सहकारीका शेयर सदस्यबाट एक सय ९६ वटा खसी, बोका खरिद गरिसकेको बताइन् । गत बर्ष ६ सय ५० वटा खसीबोका खरिद, विक्रि गर्ने लक्ष्य लिए पनि दुई सय ९३ वटामात्र खरिद विक्रि भएको उनको भनाई छ ।


राप्तीसोनारी गाउँपालिका–७, पिप्रह्वास्थित रोशनी सामाजिक महिला उद्यमी सहकारी संस्थाले चालू आवको तीन महिनामा आफ्ना शेयर धनीले उत्पादन गरेको २१ लाख ५१ हजार ५९१ रुपैँयाको खसी, बोका खरिद गरेको कल्पना रायमाझीले बताइन् । उनले साउन यता तीन सय २१ वटा खसी, बोका विक्रि गरेको बताइन् । ‘दसैँ, तिहारमा एक सय ५० वटा खसी, बोका विक्रि गर्ने लक्ष्य रहेकोमा एक सय ३३ वटा खरिद, विक्रि भइसकेको छ,’ उनले भनिन् ।
राप्तीसोनारी गाउँपालिका–६, टेपरीमा रहेको नयाँ सिर्जनशील महिला उद्यमी सहकारी संस्थाले १६ लाख ६७ हजार ४६५ रुपैँया बराबरको खसी, बोका खरिद विक्रि गरेको संस्थाका अध्यक्ष गंगाकुमारी चन्द ठकुरीले बताइन् । उनले संस्थामा आवद्ध शेयर धनी महिलाले उत्पादन गरेका खसी, बोका मात्र खरिद गर्दै आएको जानकारी दिइन् । ‘साउन यता शेयर सदस्यले उत्पादन गरेका दुई सय १ वटा खसी, बोका खरिद विक्रि भएको छ,’ उनले भनिन् ।

[/pl_text]
[/pl_col]
[/pl_row]

Previous articleनवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन
Next articleधार्मिक ग्रन्थमा आधारित ‘सख्या’ नाँच र यसको महत्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here