मैले मृत्युलाई जितेँः लुम्बिनी प्रदेशका लेखा समिति सभापति डिल्लीबहादुर चौधरी

स्वास्थ्यमा सुधार आएपछि प्रशन्न मुद्रामा लुम्बिनी प्रदेशका सांसद तथा सार्वजनिक लेखा समिति सभापति डिल्लीबहादुर चौधरी ।

बाँके, २ कात्तिक ।
कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचाररत लुम्बिनी प्रदेशका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले आफू ९५ प्रतिशत निको भइसकेको बताएका छन् । गोचाली खवरसँगको भेटमा आइतवार चौधरीले आफूले मृत्युलाई जितेको बताए ।
स्वास प्रश्वास, रुघाखोकी र ज्वरो आए पछि दाङमा कोरोना जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएपछि उनलाई टाइफाइडको आशंकामा उपचार थालिएको थियो । तर, निको हुनुको साटो स्वास्थ्य समस्या झनै बढ्दै गएपछि थप उपचारका लागि उनलाई भेरी अस्पताल ल्याइएको छ । म पूर्ण रुपमा निको भइसकेको छु, तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन आइसोलेसनमा बस्नु पर्ने भएकोले मात्र बसेको छु,’ उनले भने ।
पूर्व श्रम राज्यमन्त्री समेत रहेका चौधरीले चाँडै डिस्चार्ज भएर जनताको सेवामा फर्किने बताए । डिस्चार्ज हुने वित्तिकै जनताको सेवामा खटिन्छु । कहिले डिस्चार्ज हुँला र जनताको काममा फर्कियौँला भनेर आत्तुर छु,’ उनले भने ।
आफ्नो स्वास्थ्यको बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले कोरोनालाई सामान्य नआक्न सुझाव दिए । दसैँमा जथाभावी जमघट नहुन र विश्व स्वास्थ्य संगठनले बनाएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन तथा सामाजिक दूरी पालना गरि दसैँ मनाउन आग्रह गरेका छन् । उनले आइसोलेसनबाट सवैलाई शुभकामना समेत दिएका छन् ।

Previous articleदसैँमा पनि बागेश्वरी मन्दीर नखुल्ने, बाहिरबाट दर्शन गर्ने ब्यवस्था मिलाउँदै प्रशासन
Next articleरक्षा परियोजना अन्तरगत शिक्षकका लागि स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here