दसैँमा पनि बागेश्वरी मन्दीर नखुल्ने, बाहिरबाट दर्शन गर्ने ब्यवस्था मिलाउँदै प्रशासन

बाँके, २ कात्तिक ।
यस बर्षको वडा दसैँमा नेपालगन्जस्थित बागेश्वरी मन्दीर नखुल्ने भएको छ । लकडाउन लगत्तै बन्द गरिएको बागेश्वरी मन्दीर दसैँमा पनि खुल्ला नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
फूलपाती, महाअष्टमी, महानवमी र विजया दशमीमा पनि मन्दीर पूर्ण रुपमा खुल्ला नहुने उनले बताए । भक्तजनका लागि जुंगेमहादेव र मन्दीरको वीच भाग खुल्ला राख्ने बताउँदै उनले मन्दीर परिक्रमका लागि ब्यवस्था मिलाइने बताए । मन्दीरमा चढाउन भक्तजनले ल्याएको प्रसाद मन्दीरका पूजारीले चढाउने ब्यवस्था मिलाइएको छ । भीडभाड नहुने गरि मन्दीर परिक्रमा गर्ने ब्यवस्था मिलाउँछौँ,’ उनले भने ।
उनले अघिल्ला बर्षको जस्तो मन्दीरमा बली चढाउने ब्यवस्था नहुने स्पष्ट पारे । बागेश्वरी मन्दीरमा महाअष्टमीका दिन पशुपंक्षी बली दिने गरिन्छ । कोरोनालाई मध्यनजर गरि बली चढाउने र पूजापाठ गर्ने गरि यसपालीको दसैँमा बागेश्वरी मन्दीर खुल्ला हुँदैन,’ सिडिओ कुरुम्बाङले भने । उनले जुंगेमहादेवको मन्दीर पनि आंशिक रुपमा खुल्ने स्पष्ट पारे ।
उनले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरि दसैँमा धार्मिक कार्य गर्न आग्रह गरेका छन् । जीवन रहिरह्यो भने अर्को बर्षको दसैँमा पूजापाठ गरौँला । मान्यजनबाट टिका थापौँला,’ उनले भने, जीवन नैै नरहे अर्को बर्ष केहि गर्न सकिदैन । यसपाली नै पूजापाठ गर्नुपर्छ भन्ने छैन ।’

Previous articleबजारमा ‘खबरदारी’
Next articleमैले मृत्युलाई जितेँः लुम्बिनी प्रदेशका लेखा समिति सभापति डिल्लीबहादुर चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here