कुखरा चोरेको आरोपमा कुट्पिट, एक युवकको मृत्यु

दाङ, ३० असोज ।
कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा राप्ती गाउँपालिका ३, नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।
स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । लाठीले कुटपिट गर्दा गम्भीर घाइते चौधरीको रक्तश्रावका कारण बिहीबार राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । राति कुखुरा कराएपछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेको स्थानीयलाई उदृध गर्दै प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
त्यसैगरी, पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका १ खिलतपुर निवासी ३७ वर्षीय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर परको नालामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

Previous articleकोरोना कहरमा बेफुर्सदिला मुर्तीकार, देवीको मुर्ती नपाएर भौतारिदै सर्वसाधारण (फोटो फिचर)
Next articleचिकित्सा सेवामा प्रकाश जस्तै चम्किएका डा. प्रकाश नाग

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here