बाँके, २७ असोज ।
फैसला कार्यान्वयनमा बाँके प्रहरी लुम्बिनी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयभन्दा सवैभन्दा अगाडी भएको छ । लुम्बिनी प्रदेशका सवै जिल्लामा पाँचसय २० जना फरार कसुरदार पक्राउ परेका छन् । ति मध्ये तीन सय १५ जना बाँके प्रहरीले पक्राउ गरेका रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले चालू आर्थिक बर्षको चार महिनामा तीन सय १५ जना फरार कसुरदार पक्राउ गरि अदालतको आदेशमा कारागार पठाएको उनले बताए । कोरोना कहरमा फरार कसुरदारहरु यताउता जान नपाए पछि प्रहरीलाई पक्राउ गर्न सजिलो भएको उनले बताए ।
उनका अनुसार, फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ । बर्दिया प्रहरीले ३९ जना फरार कसुरदारलाई पक्राउ गरि कारागार पठाएको छ । भने, कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ र दाङ प्रहरीले २४ जना फरार कसुरदारलाई पक्राउ गरि कैद भुक्तानका लागि कारागार पठाएको छ ।
उनले पाल्पा प्रहरीले २२, रुकुम पूर्वले १८, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रहरीले १०–१०, प्यूठानले ७ र रुपन्देहीले ३ जना फरार कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको बताए ।
सवैभन्दा धेरै जालसाजी मुद्धाका कसुरदार पक्राउ
लुम्बिनी प्रदेश प्रहरीले चालू आवको चार महिनामा सवैभन्दा धेरै जालसाजी मुद्धाका कसुरदारलाई पक्राउ गरेको एसएसपी बैदवारले बताए । उनका अनुसार, यस अवधिमा जालसाजी मुद्धामा सजाय पाएर फरार भएका ६० जना कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको बताए ।
लुम्बिनी प्रदेश प्रहरीले चालू आवमा चोरी अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार भएका ५५ जना कसुरदारलाई पक्राउ गरेको छ । भने, कुटपिटका ३९ र कुटपिट–लुटपिटका ३७ जना फरार कसुरदारलाई पक्राउ गरेको छ ।
त्यसैगरि, सम्बन्ध विच्छेदका ३१, लागूऔषध दुब्र्यसन सम्बन्धि २७, जुवातास ३० र सवारी ज्यान सम्बन्धि कसुरमा सजाय तोकिएर फरार रहेका २२ जनालाई पनि पक्राउ गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार, जुवातास मुद्धामा सजाय पाएका ३०, गाली बेइजतीका १९, बहुविवाह, जवरजस्ती करणीका १७–१७, लेनदेन १४, लुटपाट तथा केहि सार्वजनिक अपराध मुद्धाका १३–१३ जना कसुरदारलाई पनि पक्राउ गरिएको एसएसपी बैदवारले बताए । ‘अदालतले कैद र आर्थिक जरिवाना हुने पैmसला गरेपछि फरार भएका कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाउन मातहतका प्रहरी कार्यालयले पहल कदमी लिएपछि छोटो अवधिमा धेरै फरार अभियुक्त पक्राउ गर्न सफल भएका छौँ,’ उनले भने, ‘यसले प्रहरी संगठनमा इतिहास रच्ने काम भएको छ ।’
उनले चार महिनामा कर्तब्य ज्यान सम्बन्धि मुद्धामा सजाय पाएका १२ जना कसुरदारलाई पक्राउ गरि कारागार चलान गरेको बताए । लुम्बिनी प्रदेशमा पर्ने जिल्ला प्रहरी कार्यालयले लेनदेन १४, कुटपिट, अंगभंग ११, बन र बैंकिङ कसुर सम्बन्धि १०–१० तथा जग्गा र लिखत बदर सम्बन्धि मुद्धामा सजाय पाएका ६–६ जना फरार कसुरदारलाई पक्राउ गरि अदालतको आदेशमा कारागार पठाएको उनले बताए ।
२० बर्ष सजाय फैसला भएका चार जना पक्राउ
उनले यस अवधिमा कर्तब्य ज्यान मुद्दामा २० बर्ष सजाय फैसला भएका चार जना कसुदारलाई पक्राउ गरि फैसला कार्यान्वयनमा सघाउ पु¥याएको बताए । फैसला कार्यान्वयन अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जालसाजी कसुरमा आठ लाख १८ हजार ७५० रुपैँया जरिवाना फैसलाका एक जना कसुरदारलाई पक्राउ गरेको उनले बताए । यो सवैभन्दा धेरै जरिवाना भएको मुद्धाका फरार कसुरदार भएको उनको भनाई छ ।
त्यसैगरि, विक्रम सम्वत् २०५३ सालमा फैसला भएको कुटपिट मुद्दामा २४ बर्ष पछि तीन जना कसुरदारलाई जिल्ला प्रहरी कार्यालय, रोल्पाले पक्राउ गरेको एसएसपी बैदवारले बताए । ‘फैसला कार्यान्वयन अभियानलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले विशेष प्राथमिकतामा राखेर मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ,’ उनले भने ।
[…] Source link […]