सुरक्षित र भरपर्दो यात्राका लागि अम्बिकेश्वरी यातायातको सेवा धनगढीबाट पनि सुरु

बाँके, २७ असोज ।
कामका लागि भारतको विभिन्न शहरमा जाने नेपालीलाई सुरक्षित साथ गन्तब्यमा पु¥याउँदै आएको अम्बिकेश्वरी मल्टियातायात प्रालिले सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि सेवा दिन थालेको छ । कामका लागि जाने र आउने नेपालीहरु वीचमा ठगिने र लुटिने क्रम बढेपछि अम्बिकेश्वरी मल्टियातायात प्रालिले त्रिनगर नाकाबाट सेवा दिन धनगढी उपमहानगरपालिका–२, मिलन चोकमा शाखा कार्यालय स्थापना गरेर सेवा सुरु गरेको प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताए ।
उनले भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने नेपालीको सुविधाका लागि अम्बिकेश्वरी मल्टियातायात प्रालिको शाखा कार्यालय धनगढीमा स्थापना गरिएको बताए । उनले यात्रुको सुविधालाई पहिलो प्राथमिकतामा राखेर सेवा सुरु गरिएको बताए । उनले यात्रुको माग अनुसार खाना खुवाउने, दिसापिसाव गर्न रोक्ने र कोरोना संक्रमणलाई मध्यनजर गरि एक सिटमा एक जनामात्र बस्ने ब्यवस्था मिलाइएको दावी गरे । यात्रुलाई भगवानको रुपमा लिइने बताउँदै उनले यात्रुको सन्तुष्टि नै यातायात प्रालिको धर्म भएको बताए । ‘यात्रु हाम्रा भगवान हुन् । यात्रुलाई सन्तुष्ट बनाउन हाम्रो हरकिसिमको प्रयास रहने छ,’ उनले भने ।
उक्त प्रालिको प्रधान कार्यालय, नेपालगन्जमा छ । भने, उसले कपिलबस्तुमा पनि शाखा कार्यालय स्थापना गरेर सेवा सुरु गरिसकेको छ । ‘देशका विभिन्न नाकमा शाखा कार्यालय स्थापना गरेर भारतका विभिन्न शहरमा जाने नेपालीलाई सुरक्षित गन्तब्यमा पु¥याउने हाम्रो लक्ष्य छ,’ अध्यक्ष ओलीले भने ।
उनले त्रिनगर नाकाको गौरीफन्टाबाट चण्डीगढ, लुधियाना, अमृत शहर, जालन्धर, हिमाञ्चल, सिम्ला, जम्मु, लेदाक, पञ्जाव, हरियाना लगायत शहरका लागि सेवा दिन धनगढीमा शाखा कार्यालय स्थापना गरिएको बताए । उनले अन्य यातायात सेवाको तुलनामा अम्बिकेश्वरी यातायातले सस्तो दरमा गन्तब्यमा पुर्याउने विश्वास दिलाए ।


नसालु पदार्थ खुवाएर लुटिने क्रम रोकिने विश्वास
धनगढी शाखाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव शिवसिंह ओली र धनगढी उपमहानगरपालिका–२ का वडा अध्यक्ष नरबहादुर बमले संयुक्त रुपमा उद्घाटन गरेपछि अम्बिकेश्वरी मल्टियातायात प्रालिले आधिकारिक रुपमा सेवा सुरु गरेको हो ।
शाखा कार्यालय उद्घाटन गर्दै वडा अध्यक्ष बमले यातायात प्रालि संचालनले सुदूरपश्चिमका सर्वसाधारणले सुरक्षित र सर्वसुलभ रुपमा यात्रा गर्न पाउने बताए । उनले उद्देश्य पूरा गर्न प्रालिले यात्रुको सुविधामा ध्यान दिनुपर्ने धारणा राखे । यातायात प्रालि खोल्दैमा हुँदैन । ‘यात्रुलाई सुन्तुष्टि दिए मात्र प्रालि स्थापनाको उद्देश्य पूरा हुनेछ,’ वडा अध्यक्ष बमले भने ।
सो अवसरमा बोल्दै मुख्यमन्त्रीका सोकिय सचिव ओलीले कामका लागि भारत जाने नेपालीलाई सर्वसुलभ र सुरक्षित रुपमा गन्तब्यमा पुर्याउन प्रालिले मद्दत गर्ने बताए । उनले कामका लागि भारत जाने नेपाली वीच बाटोमा बेहोस बनाएर लुटिने र कुटिने क्रमलाई धनगढीमा स्थापना भएको अम्बिकेश्वरी यातायात प्रालिले अन्त्य गर्ने विश्वास ब्यक्त गरे ।

Previous articleकोहलपुरका ३८ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु
Next articleलुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीको स्वास्थ्य सुधारोन्मुख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here