कोहलपुरका ३८ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके, २४ असोज ।
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–९, पिपरीका ३८ बर्षिय पुरुषको भेरी अस्पतालमा ल्याए लगत्तै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनको १२ असोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा स्वाब संकलन भई १३ असोजमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई रेमडिसिभिर औषधि दिइनुका साथै प्लाज्मा थेरापी समेत गरिएको थियो । त्यसपछि पनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर थप उपचार गर्न राति ९ः३० बजे मेडिकल कलेज कोहलपुरबाट भेरी अस्पतालमा ल्याइएको थियो । भेरी अस्पतालमा १० बजे पु¥याइए पनि उपचारका लागि ब्यवस्थापन गर्दागर्दै उनको ११ बजे मृत्यु भएको श्रेष्ठले बताए ।
योसँगै बाँकेमा मृत्यु हुनेको संख्या २४ पुगेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आएका मध्ये १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Previous articleदाङका १५ बर्षिय कोरोना संक्रमितको बाँकेमा मृत्यु
Next articleसुरक्षित र भरपर्दो यात्राका लागि अम्बिकेश्वरी यातायातको सेवा धनगढीबाट पनि सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here