घुससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

बाँके, २३ असोज ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, नेपालगन्जले प्रहरी कार्यालय खजुराखुर्दमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
उनले काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिने क्रममा नियन्त्रणमा लिइको आयोग, नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए । उनलाई मानपुरस्थित कोल्ड स्टोरबाट घुस रकमसहित नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए ।

Previous articleकात्तिक १ देखि भेरी अस्पतालमा इमरजेन्सी सेवा निशुल्क
Next articleदाङका १५ बर्षिय कोरोना संक्रमितको बाँकेमा मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here